अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचार्य

काठमाडौँ- नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् । साक्षात्कारको क्रममा उनले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक आचार्यले चैत १५ गते तीनकुने लगायतका स्थानमा भएका अराजक गतिविधि सम्बन्धी सिलसिलेवार घटनाक्रमको बारेमा संक्षिप्त जानकारी दिए । सो अवसरमा विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको उक्त गतिविधि समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
प्रहरी नायव महानिरीक्षक आचार्यले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको तथा अराजक गतिविधि नियन्त्रणमा लिनलाई प्रहरीले बल प्रयोगको सिद्धान्त अनुरूप संयमित भई कम भन्दा कम बल प्रयोग गरेको बताए । साथै अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने समेत उनले उल्लेख गरे । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको
उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया