आजबाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

काठमाडौँ- नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जाऔँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधवारदेखि गर्न लागेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथासिघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दावी रहेको छ ।
हाल काठमाडौँ रहेका र आजसम्ममा आउन लागेका आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने चेतावनी पनि उनले दिए ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

प्रतिक्रिया