आजको मौसम : कोशी र गण्डकी प्रदेशमा हल्का हिमपात हुने

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय …

एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

आजको मौसम : पाँच प्रदेशमा हल्का पानी पर्ने

यस्तो हुनेछ आज दिनभरको मौसम

प्रतिक्रिया