मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

काठमाडौँ- म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आइतबारको एफए कप बोर्नेमाउथविरुद्धको जितमा खुट्टाको चोट लागे पछि गम्भिर घाइते भएका थिए ।

स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरेपछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ। नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा बराबरी गोल गरेपछि सिटीले चेरीलाई २–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

२४ वर्षीय खेलाडी घाइते भएको सामाजिक सञ्जालमा एक भिडियो देखिएको थियो, जहाँ भिटालिटी स्टेडियममा उनी बैसाखी र सुरक्षात्मक बुटलगाएर बायाँ खुट्टा उचालेर हिडेको देखिएको थियो ।

सिटीले सोमबार भन्यो, ‘हालान्ड यस गर्मीको फिफा क्लब विश्वकपसहित यस सिजनको बाँकी भाग खेल्नका लागि फिट हुनेछन् भन्ने आशा राखेको छ।’

यो सिजन ४० खेलमा ३० गोल गरेका हालान्डले चोटको पूर्ण हद बुझ्न विशेषज्ञकहाँ पठाउनु अघि उनको खुट्टाको सोमबार परीक्षण गरेकोसमेत क्लबले बताएको छ ।

जसका कारण हालान्डले आइतवार पेनाल्टी र दुई ठूला अवसर गुमाएका थिए । तर उनले निको ओरेलीको क्रसमा गोल गर्दै खेल बराबरीमा पुर्‍याउन भने सफल भएका थिए ।

म्यानेजर गार्डिओलाले अभियानभर प्रमुख खेलाडीको चोटको सामना गर्नु परेको छ। उनको टोली प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगमा चेल्सीभन्दा एक अंकले पछि रहेको छ ।