नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
त्रिवेणी (नवलपरासी)- नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।
योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ ।
दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनले बताए । ढलानको काम यसै सातादेखि थालिने छ ।
“पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भने ।
विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताए । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ । रासस

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_3d9kd0gOQs_dy0pfgs5zgymxr9ls7hc5udrcyxmlb6bepcos5o5ijgvubl9jn9ehdkun2vw.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

प्रतिक्रिया