शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

संसदमा भएको अपमानलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले भनेः इखको रुपमा लिएर अघि बढी बढ्छौ

काठमाडौँ- राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सत्ता पक्षको अपमानबाट हामी बिचलित नहुने टिप्पणी गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले यसलाई इखका रुपमा लिएर अझ अघि बढ्ने छौँ दृढता व्यक्त गरेका छन् ।

यो राज्य सत्ताको दुरुपयोग र अपमानबाट हामी बिचलित हुनेछैनौँ । इखका रुपमा लिएर अझ अघि बढ्ने छौँ,’ उनले भनेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा संसदमा सत्ता पक्षबाट कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि लिङ्देनले छाती ठोकेर राजावादी यहाँ छ सके जेल हाल भनेर बताएका थिए ।