शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

अब आन्दोलनको आँधीबेहरी उठ्छः ज्ञानेन्द्र शाही

काठमाडौँ राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले आन्दोलनमा व्यापक भिजिलान्ते प्रयोग गरेकाले आन्दोलनको आँधीबेहरी उठ्ने बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकार तयार भएर बसे हुन्छ कतिको हातमा हत्कडी लगाउने प्रस्ट पारेका छन् ।

राजनीतिकबाट सन्यास लिन्छु। धेरैले भने ज्ञानेन्द्र शाही तिमी किन बोलेनौ म बोलु कसरी ? आफू सहभागी नभएको आन्दोलनमा सँगै काम गरेको सहकर्मीको जलेर लास भएको देखेँ। सँगै खाजा खाएको साथीलाई प्रहरीले घाँटीमा गोली हानेर हत्या गरेको देखे,’ उनले उल्लेख गरेका छन्,’  आन्दोलन भड्काउन मञ्चमै अश्रु ग्यास हान्ने र सर्वसाधारण नागरिकको घरमा लुकेर आन्दोलनकारीमाथि गोली बर्साएको देखेँ ? सरकारले आन्दोलनमा व्यापक भिजलान्ते प्रयोग गरेको देखे। कसको षड्यन्त्र हो? कसको इच्छा पूरा भयो ? सरकार सफल भयो तर देश असफल भयो।

सत्य तथ्य छानबिन गर्न र उच्चस्तरीय नागरिक आयोग गठन गर्न उनले माग गरे । मान्छे मार्नेलाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ ।

आफ्ना माग शान्तिपूर्ण राख्न पाइन्छ तर माग राखे भन्दैमा सरकारले ज्यादती प्रयोग गर्नु नहुने उनको तर्क छ । आन्दोलन रोकेर रोकिने कुरा होइन यो दबाएर दबिने होइन। यो जनता र समयको माग हो दिन एक गुना रात चौगुनाका दरले आन्दोलनको आँधीबेहरी उठ्छ,’  उनले अगाडि थपेका छन्,’ सरकार तयार भएर बसे हुन्छ कतिको हातमा हत्कडी लगाउँछौ। बरु राजनीतिकबाट सन्यास लिन्छु। तर म हिंसाको पक्षमा पटक्कै उभिने छैन। हिजो ममाथि ज्यान जाने गरि सांघातिक आक्रमण हुँदा पनि मैले शान्तिको बाटो नै रोजेको हुँ अझै यहीँ बाटो अपनाउँछु। चाहे मेरो ज्यान नै किन नजाओस्।

 

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्‍यो : प्रचण्ड

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्‍यो : प्रचण्ड

राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ : उपाध्यक्ष सापकोटा

राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ : उपाध्यक्ष सा…

संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नुस् : प्रधानमन्त्री ओली

संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नुस् : प्रधानमन्त्री ओली

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय : प्रचण्ड

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय :…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गरौँ : अध्यक्ष दाहाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…