पत्रकार सुरेश रजक हत्या प्रकरणः 'भ्रम फैल्याउने समाचार संस्था वा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौ'

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा अफवाह, नकरात्मक सन्देश प्रवाह तथा भ्रामक शिर्षक राखी समाचार सम्प्रेषण गर्ने संस्था वा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने भएको छ ।
तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्यालाई लिएर ‘चैत १५ गते मारिएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ।‘ लगायतका शिर्षक र वास्तविक नबुझी प्रसारण गर्नेलाई कारबाही गर्ने भएको हो ।
गत शुक्रबार राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा तीनकुनेमा पुर्व अनुमति लिएर शान्तिपुर्ण प्रदर्शन गर्ने भनेर अभियानका संयोजक नवराज सुवेदी र दुर्गा प्रसाईको अगुवाईमा प्रदर्शन भएको थियो ।
परिसरका अनुसार अभियानका समर्थकहरूले हिंसात्मक गतिविधि, तोडफोड, आगजनी र एक घरमा मानिस भएको अवस्थामा आगजनी हुँदा सोही व्यक्तिको मृत्यु भएको थियो । आपराधिक घट्ना घटाएको सम्बन्धमा गाम्भीर्यता नबुझी तथा सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा गलत सूचना तथा भ्रम फैलाएकोमा जिल्ला प्रहरी परिसर काठमाडौँले आपत्ति जनाएको छ ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया