माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीले मुलुकलाई संविधान र कानुनविहिनताको अवस्था सिर्जना गर्न लागेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठक सुचारु भएपछि प्रतिपक्ष माओवादीले संसद अवरुद्ध गरेपछि उनले राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित हुनै पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई रोकेर माओवादी पार्टीले संविधान र कानून बिहीनताको अवस्था सिर्जना गर्न खोजको ह? भनेर प्रश्न गरेका छन् ।
उनले भने,’ माओवादी पार्टी यो संविधानको रक्षा गर्ने पक्षमा छ की छैन ‘ चैत्र १५ गते भएको हिंसात्मक घटनाका दोषीहरूलाई करवाहीको दायरामा ल्याऊन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा संसद मार्फ़त राष्ट्रिय एकता र ऐक्यबद्धता प्रकट गर्नू पर्ने दायित्वप्रति माओवादी पार्टी किन अबरोधक बनेको हो? ‘
सांसद भट्टराईले संविधानको धारा १०५ ले कुनै पनि अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न मिलदैन भन्ने स्पष्ट पारेका छन् । उनले संविधानको पक्षधर भनिएको माओवादी नेतृत्वले यो कुरा किन नबूझेको? भनी प्रश्न गरेका छन् ।
आजको दिनमा दक्षिणपंथी अतिवादी, ब्यवस्था र संविधान विरोधी, हिंसावादी, जातीय र साम्प्रदायिक एकता विरोधी र समग्रमा राष्ट्र र जनता विरोधी कुनै पनि हर्कतलाई परस्त गर्नु लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूको साझा कार्यभार रहेको स्मरण गराएका छन् ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया