शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

प्रधानमन्त्रीको गोली हान्‍ने आदेश भएकाले सुरक्षित ठाउँमा छुः दुर्गा प्रसाई

काठमाडौँ- प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिएको उनले आरोप लगाएका छन् । आइतबार उनले सामाजिक सञ्जालमा भिडियो मार्फत प्रधानमन्त्रीले गोली हान्नु भन्ने आदेश दिएकाले आफू सुरक्षित ठाउँमा बसेको बताएका छन् ।

म भागेको छैन । नेपाल र नेपाली छोडेर भग्दिन,’ उनले भनेका छन्,'म भाग्न र झुक्नलाई जन्मेको होइन । मर्छु तर तपाइहरूको अगाडि मर्छु ।

प्रहरीलाई चित्त दुःख काम नगरेको प्रसाईको भनाइ छ । आम सर्वसाधारणलाई राज्य लागेर विभिन्न ठाउँबाट आउने मासहरू आउन नदिएको उनले उल्लेख गरेका छन् ।

प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाईले प्रहरीलाई पेल्यो भनेर माथि बसेर मलाई टार्गेट बनाएको बुझिसकेको थिए,’ उनले भनेका छन्,’ तीनकुनेको स्टेजमा पुग्दा मेरो कानको छेउबाट गोली गयो । स्टेजमा टियर ग्यास प्रहार भएपछि मलाई मार्ने थाहा पाएपछि प्रहरीको ब्यारिकेटमा सुरक्षित हुन म आफैँ गाडी चलाएर बढेको हो ।