आज अन्तरराष्ट्रिय शून्य फोहोर दिवस

काठमाडौँ- आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ ।
विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
प्लाष्टिक प्रदूषण एवं अन्य फोहरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्का सदस्य देशलाई सघाइ रहेका छन् ।
सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहरमुक्त गर्न अपरिहार्य भएको राष्ट्रसङ्घको कथन छ ।

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

प्रतिक्रिया