जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ

इस्तानबुल- इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताउनुभएको छ ।
“मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,” इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्समा एक पोस्टमा भनेका छन् ।
उनले लेखेका छन्, “मानौं लोकतन्त्रविरुद्धको ‘कू’ पर्याप्त थिएन, उनीहरू पीडितहरूले आफ्नो बचाउ गरेको सहन सक्दैनन् ।”
“मेरो वकिललाई तत्काल रिहा गर्नुहोस्,” उनले भने ।
गत मार्च १९ मा इमामोग्लुको गिरफ्तारीपछि देशभर भएको व्यापक विरोध प्रदर्शनको रिपोर्टिङका लागि टर्कीएका थप दुई जना पत्रकारलाई पनि पक्राउ गरिएको टर्कीए पत्रकार सङ्घ (टिजिएस) ले एक्समा गरेको एक पोस्टमा उल्लेख गरेको छ ।
उनीहरू एभ्रेन्सल अखबारका संवाददाता निसा सुडे डेमिरेल र इथा न्यूज एजेन्सीका लागि काम गर्ने एलिफ बेबट भएको पत्रकार सङ्घले जनाएको छ ।
पत्रकार सङ्घले जनाएको छ, “पत्रकारलाई आफ्नो काम गर्न दिइयोस् । सबै गैरकानुनीरूपमा हिरासतमा लिइएका नागरिक तथा पत्रकारको शीघ्र रिहाइ होस् ।”
टर्कीएका अधिकारीहरूले प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा सोमबार पक्राउ परेका ११ जना पत्रकारमध्ये केहीलाई बिहीबार रिहा गरिएको थियो । (एएफपी)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया