बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

म थुनिएर आन्दोलन रोकिँदैन, दुर्गा व्यक्ति होइन विचार होः प्रसाई

काठमाडौँ-  राजतन्त्र पुनःस्थापनका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईले सरकारको दमनको कारण भएको क्षतिपुर्ति सरकारले व्यहोर्नुपर्ने बताएका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आज भएको घट्नाको सबै क्षतिपुर्ति सरकारले लिनुपर्ने उनको भनाइ छ ।

मलाई पक्राउ गर्न प्रहरी आईरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो,’ उनले भनेका छन् ,’ साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ, हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ? ‘