प्रहरी दमनका कारण निजी सम्पत्तिमा क्षति भयो: दुर्गा प्रसाई

काठमाडौँ- राजतन्त्र पुनःस्थापनका लागि संयुक्त जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईले प्रहरी दमनको कारणले निजी सम्पत्तिमा क्षति पुगेको बताएका छन् । प्रहरीकै कारण आन्दोलनकारी र प्रहरीहरू घाइतेको भएको उनले उल्लेख गरेका छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा केही घरमा आगलागी तथा तोडफोड भएको थियो ।
उनले निजी सम्पत्तीमा आक्रमण नगर्न पनि अनुरोध गरेका छन् । ‘नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपुर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ लाठीचार्ज गर्यो अझै तिनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन । मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तीको सास फेर्नेछ ।‘
केही दिनदेखि यता प्रसाईको समूहले राजतन्त्र पुनःस्थापना गर्ने भन्दै विभिन्न अभियान चलाइरहेका छन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया