सिद्धार्थ कटेज धोविघाटमा आज र भोलि मःमः महोत्सव

काठमाडौँ- सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको धोविघाटस्थित सिद्धार्थ कटेजमा दुई दिने तेस्रो मःमः महोत्सव सुरु भएको छ ।
चैत १५ र १६ आयोजना हुने महोत्सवमा मःमःका विभिन्न परिकारका साथै गायक दीपक लिम्बु, प्रदीप महर्जन र द एडवार्डियन ब्यान्डको सांगीतिक प्रस्तुति रहने सिद्धार्थ हस्पिटालिटीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिए ।
आज दिउँसो २ बजेदेखि सुरु हुने महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ भने मेलामा मःमःका परिकारका साथै ड्रिंग्स र म्यूजिकको रमाइलो लिन पनि सकिने जनाइएको छ ।
पछिल्लो समय मःमःका विभिन्न परिकार प्रवर्द्धन गरिरहेको सिद्धार्थले यसको थप प्रचारप्रचारका लागि महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा मःमःका विभिन्न परिकार उपलब्ध हुने जनाइएको छ ।
गोर्खा बियरको सहकार्य रहेको महोत्सवमा सिद्धार्थको एस क्याफे, सिद्धार्थ हस्पिटालिटी मार्ट, पथिल होलिडेजले सहयोग गरेका छन् । महोत्सवको इन्टरनेट पार्टनरमा डिसहोम इन्टरनेट रहेको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया