आफ्नो देशविरूद्ध लागेको भन्दै चीनले ३२३ ताइवानी गोप्य नाम संकलन

बेइजिङ- चीनले आफु बिरूद्द लागिरहेकाको सुचना संकलन गर्दै गोप्य इमेल आइडी जारी गरेको छ ।
जसमा ताइवानलाई स्वतन्त्र भएको हेर्न चाहनेहरूका बारेमा जानकारी उपलब्ध गराउन भनिएको थियो, जो अहिले चीनका विरुद्ध काम गरिरहेका छन् ।
सीजीटीएनका अनुसार अहिलेसम्म उक्त मेल आइडीमा ३२३ जनाको नाम आएको छ । चीनमा देशद्रोहको सजाय मृत्युदण्ड हो। अब यी व्यक्तिहरु विरुद्ध अनुसन्धान हुनेछ। यदि कोही दोषी प्रमाणित भएमा उसलाई मृत्युदण्डको सजाय हुन सक्ने चीनले जनाएको छ ।
स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले भने कि रिपोर्ट गरिएकाहरूमा केही ताइवानी राजनीतिक व्यक्तित्वहरू, संगठन प्रायोजकहरू र ‘ताइवान स्वतन्त्रता’ को वकालत गर्ने इन्टरनेट प्रभावकारहरूको नाम समावेश रहेको जनाइएको छ ।
आधारहीन आरोपहरू मार्फत विपक्षीहरूलाई दबाउन, चीनको एकीकरणको समर्थनमा सङ्गठनहरू विघटन गर्ने धम्की र ताइवानमा बसोबास गर्ने मुख्य भूमिमा जन्मेका पति–पत्नीहरूको वैध अधिकार र हितलाई स्पष्ट रूपमा उल्लङ्घन गर्ने जस्ता गम्भीर गतिविधिहरू इमेलहरूमा पर्दाफास भएको उनले बताएका छन् ।
चेनले भनेका छन् कि सम्बन्धित चिनियाँ अधिकारीहरूले तथ्यका आधारमा कारबाही गर्नेछन् र कानूनको पालना गराउने छन । ‘ताइवान स्वतन्त्रता’ गतिविधिका दोषी र सहयोगीहरूलाई जवाफदेही बनाउने छन्। अनुसन्धानपछि ३२३ जनामाथि लागेको आरोप सत्य प्रमाणित भएमा मृत्युदण्डको सजाय हुन सक्ने पनि उनले चेतावनी दिएका छन् ।
चीन र ताइवानबीच तनाव जारी छ। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने ताइवानले आफूलाई छुट्टै देश भनिरहेको छ । ताइवानले चीनबाट स्वतन्त्रताका लागि निरन्तर संघर्ष गरिरहेको छ। यद्दपी, विश्वका अधिकांश देशले ताइवानलाई चीनको विशेष अंग मान्छन्।
तर, हालै चीनसँगको ठूलो तनावका कारण अमेरिकाले ताइवान सरकारलाई धेरै सहयोग गरेको छ जसको चीनले विरोध गर्दै आएको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया