'रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने अहिले समय होइन’

पेरिस- बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताएका छन् ।
“प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत – हामीले के कुरामा छलफल गर्यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ”, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भने ।
जेलेन्स्कीले भने, “सबैले बुझे र बुझ्छन् कि आज रूसले कुनै पनि किसिमको शान्तिलाई चाहँदैन ।”
एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्धहरू हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ छैन’ भने ।
“शान्ति वास्तविक रूपमा प्राप्त नभएसम्म प्रतिबन्धहरू अन्त्य गर्नुले कुनै अर्थ राख्दैन र दुर्भाग्यवश हामी त्यसबाट अझै धेरै टाढा छौँ”, स्कोल्जले भने ।
जेलेन्स्कीले भने, “रुसले यो युद्ध नरोकुञ्जेल कुनै पनि प्रकारका प्रतिबन्धहरू हटाउनु हुँदैन र यसको सट्टा यसमा थप दबाब, प्रतिबन्धहरूको थप प्याकेजहरू हुनुपर्छ ।”
स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म हाम्रो पूर्ण समर्थन छ’ भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए ।
उहाँले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाए ।
कुनै पनि युद्धविरामपछि युरोपले युक्रेनलाई बलियो बनाउन खोजिरहेको बेला स्टार्मरले भने, “हामीले शान्तिलाई आश्वस्त पार्ने योजनाहरू–इच्छुकहरूको गठबन्धन– तिनीहरू हवाई, भूमि वा समुद्रमा भए पनि सैन्य र परिचालनबारे छलफल गर्यौँ ।”
“हामी आगामी दिन र हप्ताहरूमा सुरक्षा प्रत्याभूतिहरूमा काम गर्नेछौँ”, जेलेन्स्कीले भने । (एएफपी)

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया