चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

काठमाडौं - चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ।
लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो। उनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यमा नियुक्ति दिएका हुन्।
लोहनीले २०४९ सालबाट चलचित्र अपमानमा नायकको भूमिकादेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै विभिन्न चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा अभिनय, निर्देशन तथा निर्माण गरेका छन्।
उनले ‘अपमान’ र ‘जय विजय’जस्ता चलचित्रहरूमा मुख्य भूमिका निभाएका थिए भने ‘नारी, द वुमन’, ‘हलो नेपाल’, र ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरूमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्।
नवनियुक्त सदस्य लोहनीले चलचित्र विकास बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत चलचित्रको विश्वव्यापी प्रचार-प्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लोहनी हाल चलचित्र विकास बोर्ड अन्तर्राष्ट्रिय चलचित्र प्रवर्द्धन समितीको सदस्यसमेत रहेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया