जापानको योकोसुका सिटीका प्रमुखसहितको टोली भरतपुरमा

चितवन- जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरे ।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तरराष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताइन् ।
दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरिन् । प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गरेकी थिइन् । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो ।
भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताए । योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए ।
जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उनले जानकारी दिए । सो समूहले आज भरतपुर महानगपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ । ---

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया