आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

डुम्रे (तनहुँ)- तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् । यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

बेँसीसहर–चामे सडक अवरुद्ध
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

ढोरपाटन सडक सञ्जालमा जोडियो

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

प्रतिक्रिया