गाजा पट्टीबाट दक्षिणी इजरायलमा दुई वटा रकेट प्रहार

जेरुसेलम/गाजा- इजरायल रक्षा बल (आइडीएफ) ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दूई वटा रकेट प्रहार भएको जनाएको छ ।
रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ ।
सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।
प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे) को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ । (सिन्ह्वा)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया