सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै व्यवस्थापन गर्न तयार छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै त्यसकाे व्यवस्थापन गर्न तयार रहेकाे बताएका छन् । नीति प्रतिष्ठानकाे आयाेजनामा बुधबार ललितपुरमा आयाेजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधाेन गर्दै उनले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले अहिले शहरी विकास मन्त्रालयकाे एजेन्डा आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेकाे बताएका हुन् ।
‘नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध छ ,´ उपप्रधानमन्त्री सिंहले भने । उनले शहरी विकास मन्त्रालयकाे मुख्य प्राथमिकता अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु रहेकाे पनस बताए । ' जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ,’ सिंहले भने। शहरीकरणको चुनौतीहरु सम्बोधन गर्नका लागी नै नेपालको राष्ट्रिय शहरी नीति २०२४ आएकाे पनि बताए।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया