यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड र काठमाडौं रेजर्सले ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरणको साथ सुरु गरे एनएसएल सिजन तीनको तयारी

काठमाडौं- काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्यो, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो ।
नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको र्याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।
र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआई-प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल-टाइम डायग्नोस्टिक्सको लागि ओबीडी-आईआई पनि छ जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ। मैदानमा काठमाडौं रेजर्सजस्तै, रेजेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको छ जसले आफ्ना राइडरहरूको लागि असाधारण भ्यालु प्रदान गर्दछ।
एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार छन्।
एमएडब्लू अन्तर्गतको यामाहा नेपाल, आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिको लागि परिचित एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो। नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सर्भिसको साथ निरन्तर बजारको नेतृत्व गरिरहेको छ। ब्रान्डको गुणस्तर र ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण प्रत्येक राइडरले निर्बाध र सुरक्षित राइड एक्सपिरियन्सको आनन्द लिने गर्दछन्।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_mI6dkoLXJJ_jp0vnajk8zwcv3xubmt3v6uk3l6jowptp2xjoc4kevwjjllbndvn7rb9lsip.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया