राष्ट्रियसभा बैठक बिहीबार बस्ने

काठमाडौँ- राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरुको अवरोधका बीच स्थगित भएको छ । अब उक्त बैठक बिहीबार १२: १५ बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेकामा त्यसको विरोध जनाएपछि अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबारसम्मका लागि बैठक स्थगन भएको सदनलाई जानकारी दिए ।
बुधबार दिउँसो १ बजेर १५ मिनेटमा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलका सांसदहरुको अवरोधका बीच १५ मिनेटका लागि स्थगन भएको थियो । पन्ध्र मिनेटका लागि स्थगन भएको उक्त बैठक फेरी समय परिवर्तन गरी आजै ३ बजेर ४५ मिनेटका लागि तोकिएको थियो ।
उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबारसम्मका लागि स्थगन गरिएको हो । –रासस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय :…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया