सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जानकारी दिए । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । दशतले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । आगो नियाउने प्रयास जारी रहेको प्रहरी नायव महानिरीक्षक अधिकारीले बताए ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

आजको मौसम पूर्वानुमान : यी तीनका भारी वर्षाको सम्भावना

घट्दै कोदो खेती, बाझिँदै गए बारी

माओवादी सांसदको हृदयेन्द्रलाई गालीगलाैज 'भोटेकुकुरको छाउरो'

‘पर्यटक बढेपछि गोठमै आम्दानी’

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

प्रतिक्रिया