नरैनापुर आगलागीबाट ५० लाखको क्षति

नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् । नरैनापुर–४ जयरामपुर्वामा मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरूलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया