सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

इटहरी (सुनसरी)- इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।
भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया