मनलाग्दी भाउ बढाउने कम्पनीलाई कारबाही गर्न बागमती प्रदेश निर्माण व्यवसायी महासंघको माग

काठमाडौँ- बागमती प्रदेश निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको मुल्यवृद्धिको विरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्माण सामाग्रीमा भएको मुल्यवृद्धिको विरोध गरेको हो ।
'नेपालको निर्माण कार्य हुने मुख्य सिजनमा र निर्माण व्यवसायीबाट निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मुल्यवृद्धि नहुँदा पनि कालोबजारी एवं कार्टेलिङ गरी बिगत दुई महिनाको अवधिमा नै पटक पटक गरी सिमेन्टमा प्रतिबोरा तीन सयसम्म मुल्यवृद्धि हुँदा सरोकारवाला र सिमेन्ट उत्पादनहरूसँग छलफल पश्चात मुल्यवृद्धि खारेज गर्न सहमती भएपनि हालसम्म कार्यान्वयन भएन्' जारी विज्ञप्तिमा भनिएको छ 'यसको साथसाथै सिमेन्टको मुल्यवृद्धि खारेज गर्नुको सट्टा सिमेन्ट सँगसँगै हाल निर्माण कार्यमा अत्याधिक प्रयोग हुने फलाम (डण्डी) र फलामजन्य निर्माण सामाग्री प्रति के.जी. रु.१४ रुपैयाँसम्म मुल्यवृद्धि हुँदा भुक्तानी अभावलगायतका कारणहरूबाट अन्त्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेका छौँ ।'
खुल्ला अर्थतन्त्रको नीति विपरित सिमेन्ट र फलामजन्य निर्माण सामाग्रीमा गरिएको यस किसिमको अस्वभाविक मुल्यवृद्धि हुनु निर्माण उद्योगमाथि राज्यले निर्माण व्यवसायीलाई अपराधी जस्तो व्यवहार गरेको प्रदेश महासंघले भनाई छ ।
मुल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गइ सरकारको सार्वजनिक निकायहरूमा नै आर्थिक बोझ थपिने जानकारी हुँदाहुँदै राज्यबाट निर्माण सामाग्रीहरुमा मुल्यवृद्धि गराउने निकायहरूलाई कारबाही गर्नुको सट्टा सम्बन्धित निकायका मन्त्रीहरूले नै मुल्यवृद्धि गर्ने निकायको पक्षमा आवाज बुलन्ध पार्नु साटो कतै मन्त्रीहरू नै कार्टेलिङ एवं कालोबजारीलाई प्रोत्साहन त गर्दै छैनन्, भन्ने शंका उत्पन्न भएको महासंघका महासचिवको विज्ञप्तीमा भनिएको छ ।
'यस कार्यको बागमती प्रदेश निर्माण व्यवसायी महासंघ घोर भर्त्सना, विरोध र गम्भिर ध्यानाकर्षण गराउँदै नेपाल सरकार र सम्बन्धित सरोकारवालासंग निर्माण उद्योग, व्यवसायी र आम उपभोक्ताको विश्वास मै गम्भिर कुठाराघात भएको यस प्रदेश महासंघले ठहर गर्दै नेपाल सरकार र सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ' विज्ञप्तिमा लेखिएको छ ।
निर्माण कार्य गर्ने मुख्य समयमा निर्माण कार्य तीव्र गतिमा भैरहेको अवस्थामा सिमेन्ट र फलाम जन्य निर्माण सामाग्रीमा अत्याधिक मुल्यवृद्धि र कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकोले निर्माण उद्योग संकट र धरासायी हुने मात्र हुदैन, वित्तिय संकटमा रहेको आम उपभोक्ता समेत थप मारमा पर्ने जनाएको छ ।
उक्त मुल्यवृद्धि अविलम्ब खारेज गरि कालोबजारी तथा कार्टेलिङमा संलग्न उद्योग व्यवसायीहरूलाई कारवाही गर्न, मुल्यवृद्धि तुरुन्त नियन्त्रण र रोकथाम गर्न साथै निर्माण व्यवसायीहरुका लागि शुन्य भन्सार दरमा सिमेन्ट, फलाम (डण्डी) र फलामजन्य निर्माण सामाग्रीको आयातको व्यवस्थाका लागि नेपाल सरकार र सम्बन्धित निकायहरूसँग माग गरेका छन् ।
यस किसिमको मुल्ययवृद्धि कालोबजारी एवं कार्टेलिङको विरुद्ध आवाज बुलन्द पार्न, सशक्त विरोध गर्न, प्रतिवाद गर्न सम्पूर्ण निर्माण व्यवसायीहरु तथा आम उपभोक्ताहरूलाई समेत बागमती प्रदेश निर्माण व्यवसायी महासंघले प्रेस विज्ञप्तिमार्फत आव्हान गरेको छ ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

प्रतिक्रिया