शान्ता, ज्योत्स्ना र सुनिलले पाए फिल्म बनाउन ५ लाख

काठमाडौं : ‘विराटनगर फिल्म वर्कसप’बाट नाम परिवर्तन भई ‘गोग्राहा’ नामाकरण गरिएको वर्कसपबाट छानिएका ३ फिल्मकर्मीले ५ लाख रुपैंयाँ निर्माण सहयोग पाएका छन् । आयोजक विराटनगरस्थित नर्थ साउथ कलेक्टिभले सोमबार साँझ भर्चुअल प्रेसमिटमार्फत निर्माण सहयोग पाउने फिल्मकर्मीको नाम घोषणा गरिएको हो ।
घोषणाअनुसार यो साल शान्ता नेपालीको ‘मुना’ ज्योत्सना सिंह ठकुरीको ‘एलेक्सिया’ र सुनिल गुरूङको ‘विण्ड हर्स’ रहेका छन् । फिल्मकर्मीले १५ मिनेट समयावधि रहने फिल्म २०२१ को अन्त्यसम्ममा बनाउन पर्नेछ ।
सन् २०१९ मा विराटनगरमा एक हप्ते आवासीय फिल्म कार्यशाला गरी यो वर्कसपको थालनी गरिएको हो । सन् २०२०–२१ का वर्कसपलाई तीन भागमा बाँडी सञ्चालन गरिएको थियो । जसमा ८ हप्ते लेखन कार्यशाला गरिएको थियो भने १२ निर्देेशनको । कार्यशालाका आधारमा लेखिएका पटकथा छानेर पुरस्कृत गर्ने काम अन्तिम चरणअन्तर्गत सम्पन्न भएका थिए ।
सन् २०२०–२१ को फिल्म कार्यशालाका लागि दईु सयले निवेदन दिएकोमा १२ जनालाई कार्यशालाका लागि छानिएका थियो । यही १२ मध्ये उत्कृष्ट ८ हुँदै तीन फिल्मकर्मीलाई निर्माण सहयोग दिइएको हो ।
आठ हप्ताको पहिलो चरणको लेखन कार्यशाला पछि सहभागीहरूले बुझाएकोु स्क्रिप्ट र उनीहरूको लेखन÷निर्देेशनको कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशालाको लागि छानिएको थियो ।
कार्यशालामा वर्कसपका संस्थापकहरू भाष्कर गौतम, आशा मगराती र दीपक रौनियारबाहेक उनीहरूलाई अभिनेता दयाहाङ राई, अधिकारकर्मी लुना रञ्जित, प्रोडटसन डिजाइनर आक्की थेक्पा , फिल्म प्रोग्रामर पावलो बर्टोलिन (भेनिस चलचित्र महोत्सव), निर्माता जेरिमी चुवा (सिंगापर) र निर्देशकहरू रूबयत हुसेन (बंगलादेश), मार्ता म्यात्योस (पोर्चुगल) र यान गोन्जालेज (फ्रान्स)समेतले प्रशिक्षण दिएका थिए ।
गोग्राहा कार्यशालाले २०२१–२२ को लागि पनि आवेदन खुल्ला गरेको जानकारी गराएको छ । यो सालको कार्यशाला पनि पहिलो झैं तीन चरणमा सम्पन्न हुने र यो पटक लेखन र सम्पादनमा ज्यादा केन्द्रित हुने आयोजकले जानकारी गराएका छन् । रेसिडेन्सीसहितको यो कार्यशाला मंसिर–पुसमा हुनेछ ।
पुरस्कृतले पाएको रकम स्वीस दूतावासले उपलब्ध गराएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया