भियतनाममा १७.७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु
हो ची मिन सिटी- मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल मङ्गलबार सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् ।
रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी) बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो र २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो ।
लानले त्यस फैसलाविरुद्ध अपिल गरे र अदालतले उनको सजाय घटाउने कुनै आधार नभएको बतायो । यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बतायो ।
अहिले उनले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहेका छन् । उक्त मुद्दाको फैसलामा उनलाई तीन वटा अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो ।
मङ्गलबार उच्च–प्रोफाइल सुनुवाइमा अभ्यस्त लानले प्रहरी अधिकारीहरूसँग कुराकानी गरे र हो ची मिन सिटीमा अदालत सुरु हुने पर्खाइमा अपेक्षाकृत सहज देखिएका थिए ।
प्रहरी अधिकारीहरूको घेराबीच उहाँकी भतिजी उनको पछाडि बसेका थिए । भतिजीलाई अक्टोबरमा सम्पत्ति ठगीका लागि पाँच वर्षको जेल सजाय दिइएको थियो ।
अक्टोबरमा मनी लन्ड्रिङको आरोपमा उहाँलाई दिइएको दुई वर्षको सजाय स्वीकार गरिसकेका उनका पति चु न्याप कीबिना लान अदालतमा परेको यो पहिलो पटक हो ।
राज्य मिडियाका अनुसार अपील अप्रिल २१ सम्म चल्नेछ र लानको बचाउ आठ वकिलले गर्नेछन् ।
अठसठ्ठी वर्षीया लानलाई १७ अर्ब ७० करोड मनी लन्ड्रिङ र चार अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबारको दोषी ठहर गरिएको छ । उनीमाथि एक अर्ब २० करोड डलर ठगी गरेको अभियोग पनि लागेको थियो ।
लान ‘मुख्य योजनाकार हुनुहुन्थ्यो, परिष्कृत तरीकाले, धेरै पटक अपराध गर्नुभयो, जसले विशेष रूपमा गम्भीर परिणामहरू ल्याउनुभयो’ भन्ने अदालतले निर्धारण गरेको छ ।
अन्य ३३ अभियुक्तलाई पनि हो ची मिन सहरको अदालतमा सजाय दिइएको थियो र उनीहरूलाई दुईदेखि २३ वर्षसम्मको जेल सजाय दिइएको थियो ।
तीमध्ये २७ जनाले आफ्नो सजायविरुद्ध अपिल गरिरहेको सरकारी मिडियाले बताएको छ ।
अप्रिलमा पहिलो सुनुवाइका बेला लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहरिएको थियो तर अभियोजन पक्षले यो ठगीले कुल २७ अर्बको क्षति पुर्याएको बताएका छन् जुन देशको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब छ प्रतिशत बराबर हो ।
लानसँग एससिबीमा कागजी रूपमा मात्र पाँच प्रतिशत शेयर थियो तर अदालतले परिवार, साथी र कर्मचारीहरूमार्फत उनले प्रभावकारी रूपमा ९० प्रतिशत नियन्त्रण गरेको निष्कर्ष निकालेको छ ।
बैंकमा आफ्नो बचत निक्षेप गरेका दशौँ हजार मानिसले पैसा गुमाएका थिए । यसले साम्यवादी राष्ट्रलाई स्तब्ध बनाउँदै दुर्लभ विरोध प्रदर्शनहरू गर्न पीडितहरूलाई प्रेरित गरेको थियो । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया