नेपालको पहिलो इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक

काठमाडौं- नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो शत प्रतिशत इलेक्ट्रिक पिकअप सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सवारी सार्वजनिक गरिएको हो । सो कार्यक्रममा १० वटा रिडारा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडारा ४x४ ले ईभी पिकअप सेगमेन्टमा नयाँ स्तर स्थापित गरेको कार्यक्रममा बताइयो।
चार सय २४ किलोमिटरको रेन्ज दाबी गरिएको गाडीमा ७२ किलोवाट आवर क्षमताको ब्याट्री छ। नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै गाडीमा सात फरक(फरक ड्राइभिङ मोडहरू समावेश छन्।
साथै, ५४० डिग्रीमा घुमेका क्यामेराले यसलाई सहज सुरक्षा सतर्कता अपनाउन मद्दत गर्ने कम्पनीको दाबी छ। २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ६.१ मिटरको टर्निङ रेडियस छ । रिडाराको अहिलेको प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया