ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

काठमाडौँ- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । रेटिङ एजेन्सी केर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयर एनपी बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया