नेपाल स्काउट शुद्धीकरण अभियानको आह्वान : अनियमितता विरुद्ध संघर्ष जारी

काठमाडौं- नेपाल स्काउटमा देखिएको अनियमितता, अपारदर्शिता र अराजक गतिविधिको विरोधमा गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले कर्मचारीहरूलाई अभियानमा साथ दिन आग्रह गरेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा अभियानले नेपाल स्काउटमा कार्यरत कर्मचारीहरूको हकहित रक्षा गर्नु आफ्नो प्राथमिक माग भएको उल्लेख गर्दै सबैलाई समर्थन जनाउन आह्वान गरेको छ।
गत चैत्र १ गतेदेखि प्रधान कार्यालय प्रांगणमा विरोध प्रदर्शन गर्दै आएको अभियानले स्काउटका निर्देशक राम प्रसाद भट्टराईको मनपरी तन्त्रका कारण संस्था कमजोर बनेको आरोप लगाएको छ। आर्थिक हिनामिना, स्रोतसाधनको दुरुपयोग र संस्थागत निर्णय प्रक्रियामा मनपरी गर्ने प्रवृत्ति मौलाएको भन्दै अभियानले पारदर्शी व्यवस्थापनको माग गरेको छ।
नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय प्रधान कार्यालयका प्रमुख कर्मचारीहरू संस्थागत उत्तरदायित्व पूरा गर्न असफल भएको आरोप लगाइएको छ। अधिकारीले निर्देशक भट्टराईमाथि विदेश भ्रमण, फजुल खर्च र निजी स्वार्थका गतिविधिमा संलग्न भएर संस्थालाई कमजोर बनाएको आरोप लगाएका छन्।
अभियानले नेपाल स्काउटलाई अनियमितताको चंगुलबाट मुक्त गराउन सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै पारदर्शी र जवाफदेही नेतृत्वका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया