अढाइ करोड बढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौँ- भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौँ महानगरपालिका- १६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन् ।
उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
प्राधिकरणका सहायक प्रवन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो । उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको छ ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए ।

एलोभेरासँग मुल्तानी माटो मिसाएर लगाउनुहोस्, हुन्छ अनुहार चम्किलो

राशिफलमा यस्तो छ तपाईंको भाग्य

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

एसईई २०८१ मा बाल गीताञ्जली विद्यालयबाट ६ विद्यार्थीले ल्याए ४ जिपिए, पूर्वी का…
२४ घण्टामा झापाका बिर्तामोड, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटरसम्म वर्षा

दीपक चापागाईँको उदाहरणीय कागतीखेती

प्रतिक्रिया