गोरखामा आठ महिनामा १३३ जनामा क्षयरोग सङ्क्रमण
गोरखा- गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ ।
यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताए ।
गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो ।

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_3pAh4zAI0l_bxjbws0ozezkpmf2sj3umcf17ucl2xfuirtykujwc0rkaiabq3ovrit5agdd.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया