किभमा रूसी आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु, १० घाइते
किभ, युक्रेन- युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
“उपलब्ध जानकारी अनुसार, पाँच वर्षको बच्चासहित तीन जनाको मृत्यु भयो । अन्य १० जना घाइते भए”, किभ शहरको सैन्य प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेको छ, “घाइतेहरूमध्ये, सबैभन्दा कान्छो पीडित केवल ११ महिनाको थियो ।”
सामाजिक सञ्जालमा प्रसारित फुटेजका अनुसार, ड्रोनले किभका धेरै जिल्लाहरूलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो ।
रुसी र युक्रेनी प्रतिनिधिमण्डलले सोमबार साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँग समानान्तर युद्धविराम वार्ता गर्ने कार्यक्रम छ । (एएफपी)

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

'जलवायु परिवर्तनले युरोपको तापक्रम चार डिग्रीसम्म बढी'

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

प्रतिक्रिया