रौतहटमा मुख्यमन्त्रीको निर्देशन अवज्ञा, बन्द गरिएका अस्पतालहरु निर्बाध रुपमा सञ्चालन

चन्द्रपुर- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो ।
चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै सञ्चालन भइरहेका चन्द्रपुरका १० वटा निजी अस्पतालहरूलाई गत फागुन १७ गते मुख्यमन्त्री सिंहको निर्देशनमा बन्द गर्न आदेश दिएका थिए ।
तर, अस्पताल सञ्चालकहरूले नगरपालिकाबाट १५ सैयाको अस्पताल सञ्चालन गर्नका लागि ३५ दिनका अस्थायी अनुमतिपत्र लिएका थिए । यसैबीच, चन्द्रपुरस्थित हाइवेटरामा सेन्टर एण्ड रिसर्च सेन्टरमा गत आइतबार उपचाररत बिरामी ब्रजकिशोर साहको मृत्यु भएपछि यो विषयले नयाँ मोड लिएको छ ।
मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट अस्थायी अनुमतिपत्र दिने कानुनी प्रावधान नरहेको बताउँदै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि चन्द्रपुर नगरपालिकाले ती अनुमतिपत्र बदर गरेको थियो । तर, नगरपालिकाले अनुमति खारेज गरे पनि अहिले पनि ती अस्पतालहरू निर्बाध रूपमा सञ्चालन भइरहेको देखिएको छ । यस्तै, गरुडा नगरपालिकाका करिब १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिइएको भए पनि ती अस्पतालहरू मुख्यमन्त्रीको आदेश अवज्ञा गर्दै सञ्चालन भइरहेका छन् । यस घटनाले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको स्पष्ट भएको छ ।
अब प्रशासनले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीय बासिन्दाहरू चासोका साथ हेरिरहेका छन् ।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया