दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ- नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।
आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ ।
जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
नेत्रज्योति सङ्घले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिए ।
शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरेका थिए । विसं २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ ।
सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_QD2CnW3M2I_hu2gpzgy9laal8fclhvdam72ajncozwngdjh1dmtguwz6at8ivtgk8uny4q5.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया