संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल बिषयक छलफल कार्यक्रममा सभामुख घिमिरेले संघीयताको मर्म अनुसार तीनै तहलाई क्रियाशिल बनाउदै समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने जरुरी रहेको बताएका हुन् ।
उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु संघीयताको मर्म नभएको उल्लेख गरे । संरचनात्मक व्यवस्थापन मात्र ध्यान नदिइ नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजनका साथ संघीयता सुदृढ बनाउनुपर्ने उनले बताए ।
सभामुख घिमिरेले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि प्रदेश तथा स्थानीय तहहरु शासन प्रणालीका मेरुदण्ड हुन् भन्ने कुरामा कुनै प्रश्न नरहेको जिकिर गरे ।
उनले संघीयताका सवलीकरणका लागि नीतिगत क्षेत्रमा धेरै काम भएपनि कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको धारणा राखे ।
उनले निजामती सेवा ऐनको अभावले संघीयता कमजोर बनाएको गुनासो आएको भन्दै यसमा आफ्नो ध्यान गएको बताए । संसदमा छलफलको क्रममा रहेको निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुङ्गाउने प्रयासमा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया