महायज्ञका नाममा दलितमाथि ज्यादती, पीडित परिवार विस्थापित

सिरहा- सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन्।
घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिकको घरमा पुगेका थिए ।
रुपेशले पीडित परिवारलाई आफूहरूसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।
असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएकी छन्। दिपक आफै भने गाउँकै एक जनाको घरमा बसोवास गरेको स्थानीयले बताएको छ।
उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए। प्रहरीले सुरक्षाका कारण दिपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।
घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।
औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया