गत वर्ष सिमापार गर्ने क्रममा ९ हजार आप्रवासीको मृत्यु

काठमाडौँ- गत वर्ष करिब ९ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् ।
संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ।
सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८,९३८ आप्रवासी मृत्युहरू रेकर्ड गरेको जनाएको छ । धेरै मृत्युहरू रिपोर्ट नगरिएका वा कागजात नभएकाले वास्तविक मृत्युको संख्या धेरै बढी हुनसक्ने उसले विज्ञप्तिमार्फत जनाएको छ ।
‘मृत्युको बृद्धि आफैमा भयानक छ, तर प्रत्येक वर्ष हजारौंको पहिचान हुन नसकेको तथ्य अझ दुःखद छ,’ आईओएमको हराएको आप्रवासी परियोजनाका संयोजक जुलिया ब्ल्याकले विज्ञप्तिमा भनेकी छिन् ।
आईओएमका अपरेसनका लागि उपमहानिर्देशक, उगोची डेनियलले भने, ‘विश्वका धेरै क्षेत्रहरूमा मृत्युको वृद्धिले हामीलाई अन्तर्राष्ट्रिय समग्र प्रतिक्रिया किन चाहिन्छ भनेर देखाउँछ, जसले थप दुखद जीवनको क्षतिलाई रोक्न सक्छ।’

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया