माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने सिंह पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन ।
प्रहरीका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया