मोटरसाइकल ठोक्किँदा दाङमा एकको मृत्यु

दाङ- एकाबिहानै दुई मोटरसाइकल एक आपासमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार यसरी दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडहरका २२ वर्षीय विवेक सुवेदी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारमा लगिएको तर उनको उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१६, गुर्जे खोलामा ठोक्किन पुगेका थिए ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया