सुरक्षाका कारण देखाउँदै सिकिन्दरको ट्रेलर रिलिजमा सलमान नजाने

यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै माया गरिरहेका छन ।
तर, दर्शकमा रहेको यो उत्साहका बीच फिल्मको प्रचारप्रसारमा केही ठूला परिवर्तन गरिएको छ । यसअघि ‘सिकन्दर’ को प्रमोशनका लागि पुरा टिमले ३० हजार फ्यानसहित ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको थियो तर अहिले परिवर्तन गरिएको छ ।
सलमान खानको फिल्म ‘सिकन्दर’ को ट्रेलर २३ वा २४ मार्चमा भव्य रुपमा रिलिज हुने थियो । तर, सुरक्षाका कारण अहिले यो योजना परिवर्तन गरिएको जनाइएको छ । अब सलमानले डिजिटल प्लेटफर्ममार्फत फिल्मको प्रमोशन गर्न लागेको बताइएको छ । यसको कारण सलमान खान सार्वजनिक रुपमा ठूलो संख्याका सामु देखिने छैनन ।
फिल्मको ट्रेलर पनि डिजिटल प्लेटफर्ममा भव्य रुपमा सार्वजनिक गरिने भएको छ । यो फिल्म मार्च ३० मा हलमा रिलिज हुँदैछ । पिंकभिलाको रिपोर्टका अनुसार सलमान खानको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ, जसका कारण यो कार्यक्रम रद्द गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको अग्रिम बुकिङ सुरु हुनेछ । सबै समस्याका बाबजुद पनि सलमान आफ्ना फ्यानहरूसँग डिजिटल रूपमा जोडिने छन् । साथै, ट्रेलरको अन्तिम संस्करण लक भएको पनि रिपोर्टमा बताइएको छ ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया