चैत १५ गतेदेखि जिरी मेनिया-२०२५ हुँदै

काठमाडौँ- काठमाण्डू लिजेंड्सले चैत्र १५ देखि १७ गतेसम्म जिरी मेनिया-२०२५ नामको बृहत कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको स्विजरल्याण्ड भनेर परिचित प्राकृतिक रुपमा अत्यन्तै मनोरम जिरी नगरमा कार्यक्रम गर्न लागेको हो ।
'नेपालका विभिन्न जिल्लाहरू, मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरू, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स आदि देशहरूबाट रोयल एनफिल्ड मोटरसाइकलमा सवार भएर आउने २०० बढी पर्यटकहरू सम्मिलित हुने यस कार्यक्रममा सहभागीहरूलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरूले स्वागत गर्नेछन्' जारी विज्ञप्तिमा लेखिएको छ 'कार्यक्रम अवधिमा सहभागीहरू जिरी क्षेत्रका रमणीय पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन भने स्थानीय सांस्कृतिक कार्यक्रमहरू, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तीका प्रख्यात गीत संगीतहरूको मरोरंजन लिने , स्थानीय परिकारहरूको स्वाद लिने, कोशेली स्वरुप स्थानीय उत्पादनहरू खरिद गर्नेछन् ।'
कार्यक्रम अवधिमा जिरीमा रहेका होटेलहरूमा बाँडेर रही आपसी भाइचारा साटासाट र स्थानीय बासिन्दाहरूसँग सम्बाद र मित्रता पनि कायम राख्ने जनाएको छ । न्युनतम दर्ता शुल्क तोकिएको यस कार्यक्रम अवधिभर जिरी शहरमा आयोजना हुने विभिन्न खेल र सांस्कृतिक क्रियाकलापहरूमा स्थानीय बासिन्दा र अन्य पर्यटकहरूलाई नि:शुल्क रुपमा प्रवेश दिइने भएकोले हजारौंको संख्यामा स्थानीय बासिन्दा र अन्य पर्यटकहरू पनि संगसंगै मनोरञ्जन लिने जनाएको छ ।
'हामी आशा गर्दछौं, यस कार्यक्रमले जिरी भ्रमण वर्ष- २०२५ लाइ टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रवर्द्धन हुने, देश बिदेशमा प्रख्यात स्थानीय चीज, बटर लगायतका अन्य कृषीजन्य उपजहरूको प्रचार प्रसार हुने र स्थानीय आर्थिक क्रियाकलापमा पनि सघाउ पुर्याउने छ' जारी विज्ञप्तिमा भनिएको छ 'सभवत: जिरीको इतिहामा नै पहिलो पटक हुन लागेको यस प्रकारको मोटरसाइकल पर्यटनलाइ साथ सहयोग प्रदान गर्नु हुने जिरी नगरपालिका परिवार, जिरी उद्योग बाणिज्य संघ, जिरी होटेल व्यवसायी संघ लगायत अन्य स्थानीय सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । त्यसै गरी कार्यक्रमका प्रमुख प्रायोजक अल्फा अटोमोटिभ प्रा लि र रोयल एनफिल्ड लगायत भौतिक तथा आर्थिक रुपमा सहयोग प्रदान गरी साथ दिनु हुने अन्य सम्पुर्ण व्यक्ति तथा संघ संस्थाहरू प्रति आभार ब्यक्त गर्न चाहन्छौं ।'

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

९५ लाखसहित चार जना पक्राउ

तपाइको भाग्य कस्तो छ हेर्नुहोस (राशिफल)

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

प्रतिक्रिया