सुनको मूल्य घट्यो

काठमाडौँ- नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।
बिहीबार पनि सुनको भाउ सोही मूल्यमा स्थिर कायम भएको थियो । यता आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला २ हजार ३० रुपैयाँ कायम रहेको थियो ।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया