अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेको भेनुजुएलाको आरोप

काठमाडौँ- अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।
अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाई पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो ।
संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाई लगेर थुनेको थियो । अमेरिकाले तीनीहरूलाई ‘अपराधी’ को संज्ञा दिइएको छ । यो जेल त्यही जेल हो, जहाँ पसे पछि कोही पनि बाहिर निस्कन सक्दैन् । खासमा साल्भाडोरका दुइ कुख्यात गुन्डा समुहका झन्डै ४० हजार बन्दीहरूलाई यही जेलमा सदाका लागि खिएको छ, जो दशकौं देखी साल्भाडोरमा हिंसा, लागुऔषध तस्कर, हत्यामा संलग्न रहेको आरोप छ ।
‘नायब बुकेले यस अपहरणमा सहयोगी हुनुहुँदैन, किनभने हाम्रा युवाहरूले संयुक्त राज्यमा कुनै अपराध गरेनन्, त्यहाँ लगिएका कोही पनि कुनै पनि अपराधी होइनन,’ निकोलस मादुरोले साल्भाडोरका नेतासँग भने । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गरेका एल साल्भाडोरका नेताले यसमा पुनर्विचार गर्नु पर्ने उनको जोड छ ।
‘उनीहरूलाई मुद्दामा ल्याइएको थिएन, उनीहरूलाई प्रतिरक्षाको अधिकार, उचित प्रक्रियाको अधिकार दिइएन, उनीहरूलाई धोका दिइयो, हथकडी लगाइयो, विमानमा राखियो, अपहरण गरियो र एल साल्भाडोरको यातना शिविरमा पठाइयो,’ मादुरोले भने ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया