एमालेले काठमाडौंमा चैत १८ गते मोटरसाइकल र्याली गर्ने

काठमाडौं - एमाले बागमती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले चैत ११ गते प्रदेशका सबै पालिकाका वडाहरूमा जना सभा गर्ने निर्णय गरेको छ ।
यसै गरी चैत १८ गते उपत्यका बाहेकका १० वटा जिल्लामा जागरण सभा गर्ने बैठकले निर्णय गरेको छ । उपत्यकामा भने चैत १८ गते मोटरसाइकल र्याली गर्ने निर्णय भएको नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन् ।
राजतन्त्रका पक्षधरहरूले लोकतन्त्र विरुद्ध भ्रम फिँजाएको भन्दै एमालेले त्यसका विरुद्ध सभा गर्न लागेको हो ।

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र …
संघीय संसद्को दुवै बैठक बस्दै: सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जा…

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

प्रतिक्रिया