प्रधानमन्त्री कपः पुलिसको सातौं जित

काठमाडौं - विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जीत हासिल गरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जीत हासिल गरेको हो ।
पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा समेटिदा उसलाई सातौं पटक जीत हासिल गर्न सहज भएको हो ।
बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९७ रनको विशाल योगफल तयार पारेको थियो ।
जितसँगै शीर्षस्थानको पुलिसले ७ खेलमा १४ अंक जोडेको छ । पराजित बागमती ६ खेलबाट सात अंकका साथ आठौं स्थानमा छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया