प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई पक्षीयसम्बन्ध र हितका विषयमा छलफल भएको छ । उनीहरूबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यापारिकसम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्दामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि उनलाई आग्रह गरे ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत सहभागी थिए ।

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

प्रतिक्रिया